काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्थापक तथा वरिष्ठ नेता दिपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ । उनको निधनपछि बसेको राप्रपाको आकस्मिक पदाधिकारी बैठकले तीन दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
रुपन्देही ३ बाट निर्वाचित सांसद बोहोराको मंगलबार निधन भएको थियो । उनको पार्थिव शव भोलि दिउँसो २ बजेदेखि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि ( बुधबारै) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ ।


0 comment