काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकलाई सोमबार सम्बोधन गर्दै लिङ्देनले छतमाथि बसेर म्याद सकिएको अश्रुग्यास किन बर्साइयो? भनी प्रश्न गर्दै न्यायीक छानबिन गठनको माग गरे।
राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न र लुट मच्चाउन खोजिएको आरोप पनि लगाए।
‘तपाईँले राजा हटाएपछि नारायणहिटीमा कसले व्यापार गर्न खोज्यो ? उनले भने, ‘गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउनुभयो।’ ठुला भनिएका दलका नेताको शब्दजाल र मिथ्या कुरा अहिलेको पुस्ताले नमान्ने बताएका छन्।
प्रधानमन्त्रीप्रति लक्षित गर्दै लिङ्देनले तपाईंका किर्ते कुरा म भन्दा पछिल्लो पुस्ताले नमान्ने भन्दै नेपाली जनतालाई भुटानी शर्णार्थी बनाएर बेचेको सबैले हेरिरहेको बताए ।


0 comment