काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन  माग गरेको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुसर शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा प्रधानमन्त्रीले 'कथित' भनेको भन्दै उनले यसमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका हुन्।  

प्रधानमन्त्रीले प्रमुख विपक्षी दलको माग बमोजिम विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको कारणबारे जानकारी गराउँदै गर्दा प्रमुख सचेतक शाहीले होच्याउने काम भएको भन्दै उठेर नियमापत्ति गरेका थियो ।