काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने करिब ५ महिनापछि भोलिबाट पार्टीको जिम्मेवारीमा फर्किदै छन् । 

भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा लामिछाने सहभागी हुने प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सहकारीको रकम अपचलनको मुद्दा परेपछि लामिछाने लामो समयदेखि पार्टी क्रियाकलापमा निस्क्रिय रहँदै आएका थिए ।

गत पुस ८ गते बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी अर्याललाई दिएको थियो । सहकारीको रकम अपचलनको मुद्धामा लामिछानेलाई  कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो ।

विभिन्न सहकारीको रकम अपचलनको मुद्धामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको भए पनि उनीविरुद्धका मुद्दाको टुंगो लागिसकेको छैन । अहिले पनि लामिछाने मुद्दा परेका जिल्ला अदालतमा पालैपालो तारिख धाइरहेका छन् ।