काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको तीनकुनेमा भएको क्षतिको जिम्मा सरकारले नै लिनुपर्ने बताएका छन् ।
राजावादी प्रदर्शनकारी उग्र हुँदा तीनकुनेमा रहेका व्यक्तिका घरमा ढुंगामुढा तथा आगजानी गरेका थिए । मिश्र पनि उनीहरूसँगै प्रदर्शनमा उत्रिएका थिए ।
उनले आन्दोलन नरोकिएको पनि बताएका छन् । ‘आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भने, ‘कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु ।’


0 comment