काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा जारी सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुईमत नरहेको स्पष्ट पारे ।
उनले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पुरा गर्न अघि बढेको जानकारी गराए ।
सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरेकाले आयोगले छिटै पूर्णता पाउने र पीडितहरूले पनि न्याय पाउने बताए ।


0 comment