सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले अवरोध गरिरहेका छन् ।
बुधबारको बैठक सुरु हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए । उनले बोलेपछि सभामुखले सबैलाई बस्न अनुरोध गरे पनि घिसिङलाई हटाउने निर्णय भएकोमा उनीहरुले विरोध गरिरहेका हुन् ।


0 comment