काठमाडौं - राष्ट्रिय सभाको आइतबारको शून्य समयमा ‘प्रतिस्थापन विधेयक’को नाममा विवाद उत्पन्न भएको छ। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विधेयकको नाममा ‘प्रतिस्थापन’शब्द अनिवार्य हुनुपर्ने अडान राखेका छन्।
तर, नेपाली कांग्रेस र नेकपा एमालेसहितका सत्तापक्षका सांसदहरूले प्रतिनिधिसभाले पास गरेर पठाएको विधेयकलाई अविलम्ब अघि बढाउनुपर्ने तर्क गर्दै, यदि 'प्रतिस्थापन' शब्द आवश्यक हो भने संशोधन मार्फत सच्याउने प्रस्ताव गरेका छन्।
विपक्षी दलका अनुसार राष्ट्रिय सभा नियमावली बमोजिम अध्यादेश प्रतिस्थापन विधेयकमा 'प्रतिस्थापन' शब्द राख्नुपर्ने हुन्छ, र विधेयक बिना नामको समावेश गर्दा नियम उल्लङ्घन हुने बताइएको छ। अन्तिम निर्णयको लागि विपक्ष र सत्तापक्षबीचको संवाद अझै जारी रहेको छ।
आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम छ ।
यस्तै ,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभा बाट सन्देश सहित प्राप्त भएका अन्य विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।


0 comment