काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारले शिक्षा क्षेत्रलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले मधेस प्रदेशमा एसइईको परीक्षा हुन नसक्नुको कारणबारे सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरिन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राजनीतिक पार्टीको हस्तक्षेप हुँदा विश्वविद्यालयको अध्ययनमा असर परेको सांसद श्रेष्ठको भनाइ छ ।
उनले भनिन्, ‘विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गरियोस्, यो विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर हुँदैन ।’ उनले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन नहुने समेत बताइन् ।


0 comment