काठमाडौं - नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले राजतन्त्र फर्किन सक्ने अवस्था नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै निधिले साधुसन्तले भनेर देशमा राजतन्त्र नफर्किने टिप्पणी कुनै पनि हालतमा राजतन्त्र नर्फकने दाबी गरे।
‘साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ,’उनले भने, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो। हामीलाई रोक्न पनि खोजिएको थियो तर रोकिएनौं। ’जनताले राजतन्त्र नचाहेको निधिको भनाइ थियो ।


0 comment