काठमाडौं - नेपालमा मंकिपक्सको शंकास्पद संक्रमित फेला परेका छन्।

दुबई हुँदै नेपाल आएका एक २६ वर्षीय पुरुषमा मंकिपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्। ती पुरुषमा मंकिपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु लगिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा ती पुरुषमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो।

टेकु अस्पतालमा कार्यरत एक चिकित्सककाअनुसार ती पुरुषमा केही दिनअघि ज्वरो आएको थियो। उनले भने, ‘हातमा बिबिरा देखिएको छ। केही दिनअघि ती पुरुषलाई ज्वरो आएको थियो। कन्फर्म त होइन। तर, शंकास्पद हो। अहिले छाला रोग विशेषज्ञहरुले हेरिरहनुभएको छ।’