गत फागुन २५ गते विशाल जनसमूह राजाको पक्षमा देखियो । यो भिड वगांलादेशी स्वरुपको हुन्थ्यो भने राजालाई निर्मल निवास छोडेपछि यो भीडले वालुवाटार, सिंहदरवार कब्जा गर्दै प्रमुख राजनीतिक दलहरुको कार्यालय ध्वस्त गर्न अघि बढथ्यो होला । अनि केपी, शेर, प्रचण्ड, माधव, झलनाथ अनि बाबुरामहरु शेख हशिना जस्तै भारतको शरणंमा हुन्थे होला । राजालाई भीडलेनै राजगद्यीमा राख्थ्यो होला । तर त्यसो भएन किनकी भीड हाक्नेहरुको यस्तो योजनानै रहेनछ । अब फेरि यसतो भीड जम्मा पनि हुदैन होला ।

 सक्छन राजाले हामीसँग सहकार्य गर्न ?

राजाले फागुन ७ मा जुन सन्देश दिए त्यसले मुठभेड भन्दा पनि आफुलाई पनि स्पेश दिनु पर्यो भन्ने नै थियो । त्यसैले यति गरेपछि त भीडले पनि सायद राजाले सजिलै स्पेस पाउलान भनेर सोेचेकै कारण राजा निर्मल निवास छिरेपछि भीड पनि विना नतिजा आआफ्नो घर तर्फ सोझियो । भीड अराजक भएन, सेना पनि ब्यारेकबाट निस्कनु परेन अनि कसले उचालेर लगेर राख्ने राजालाई गद्धीमा जसरी युनुसलाई भीडलेनै वंगालादेशको राष्ट्रपतिको कुर्सिमा राखेको थियो । त्यहाँको सेना चुपचाप रह्यो । 

भारतीय जनता पार्टीले सके भारतलाई हिन्दु राज्य बनाउने हो त्यसैले उसले नेपाललाई पनि हिन्दु अधिराज्य बन्न मद्दत गर्ला । राजालाई विश्वकै हिन्दुसम्राटको पगरी पनि लगाइदेला तर त्यसको वापत भारतले माग्ने भनेको भुटानकै जस्तै नेपालको रक्षा र परराष्ट्र मामला आफनो हातमा लिने नै हो । भीडमा देखिएको योगी मुख्य मन्त्रिको पोष्टरले यहि कुरा सावित गरिदिएको छ । हिजो प्रचण्डले त्यहि गरी भारतको सक्रिय सहयोगमा राजसंस्था उन्मुलन गरे अनि नेपालमा भारत कम्फर्ट सरकार हुनु पर्छ भन्न छाडेका छैनन । अनि पुर्वराजाले पनि अव नेपालमा भारत कम्फर्ट राजतन्त्र हुनु पर्छ भनेको खण्डमा अव मोदि र योगीले राजसंस्था जगाइ दिहाल्छन । के फरक पर्यो त ? कसो ? 

२०१७ सालमा राजाले वहुदल खारेज गरी पंचायत ब्यवस्था लागु गरे भारत रिसायो, नेपालमाथि आर्थिक नाकावन्दी लगायो । चीनले राजालाई साथ दियो, नेहरु गले अनि पंचायत टिक्यो । त्यो मोृडेल राजा ज्ञानेन्द्रले चलाउन खोज्दा उनी असफल भई राजतन्त्रनै अन्त्य भएको अनुभव उनीसंग छ । त्यो दोहोराउन उनी चहादैनन होला । २०४७ पछिका राजनीतिक दलहरु खाटीको गणतान्त्रिक बनेका छन किनकी यसबाट उनीहरुले पालैपालो देश लुटन पाइरहेका छन । उनीहरुका छोराहरु गणतन्त्रका युवराज वन्दै जनताका छोरीहरुलाई वलत्कार गर्दै हत्या गर्दै हिडन पाइरहेका छन । अव यिनीहरुसँग राष्ट्रिय एकता गरौ भनेर पूर्वराजाले जनताको सहयोग माग्नुले के साच्चैको परिवर्तन देशले पाउला त ?

सैनिकसँग कू गर्न हिम्मत छैन । किनकी भ्रष्टाचारको कुरामा उनीहरु साच्चैको चोखो र राष्ट्रवादको कुरामा उनीहरु अब्बल भएको भए त्यस्तो हिम्मत उनीहरुमा हुन्थ्यो होला । अर्को तर्फ जनताको सत्याग्रहद्धारा राजाले पुनः गद्धी आरोहण गरेको विरलै सुन्न पढन पाइन्छ ।  माओवादीले भारतको सहयोग र समर्थनमा जसरी जनमुक्ति सेना बनाइ राजालाई सडकछाप बनायो त्यसै गरी राजाले कसैको सहयोगमा नव शाही सेना बनाई भारत र यसका नयाँ कठपुतलीहरुलाई ठेगान लगाउने तर्फ सोची कार्य गरे भने कुन्नि नत्र भारतलाई विश्व राजनीतिमा शान्ति क्षेत्रको प्रस्तावद्धारा एक्ल्याउने वीरेन्द्र जस्तो राजा भई पुन गद्धी आरोहण गर्न गाह्रै पर्ला कि । यही सोचेर हामीले विशाल नेपाल मुक्ति सेना बनाएका हौ सक्छन राजाले हामीसंग सहकार्य गर्न ?