साॅच्चै आयो कलियुग सबै शोषक जालि ।
झुटा भाषण नेताहरुको जनता पिट्छन ताली ।।
कसलाई विश्वास गर्ने हामी सबै जानी जानी ।
कोहि खान्छन् लाउडा जहाज कोहि कालापानी ।।
जनतालाई शान्ती चाहियो भाषण चाहिया छैन ।
सबै आए भ्रषटाचारी राम्रा पाईया छैन ।।
जो आएनी भाषण दिन्छन् रासन कसले दिएका छन् ।
गरीब जनता सधैॅ भोकै कति आँशु पिएका छन् ।।
शान्ति क्षेत्र नेपाल हाम्रो अशान्तीमा बद्लिॅदै गयो ।
अशान्तिले जरो गाड्यो पुस्तौंदेखि पीडा भयो ।।
कोहि राजा, राष्ट्रपति आखिर जनता चाहिएला ।
यस्तै हुँदै गयो भने नेपाल हाम्रो भन्न नपाईएला ।।
कोहि माओ कोहि मसाल सबै उस्तै खाले ।
सिङ्गो थिईन् नेपाल आमा टुक्रा पार्न थाले ।।
कोहि टुक्रा भारत तिर कोहि चाईना तिर ।
नेपाल आमा रोएकी छिन् कसले बुज्ने पीर ।।
कोहि भए असक्षम त कोहि भए जाली ।
देशको धन विदेश तिर देश भयो खाली ।।
अशक्त जनताका नाममा खर्बौं लुटेका छन् ।
बिदेशीलाई नाटक भयो ताली पिटेका छन् ।।
सबै नेता मिलिजुलि देशलाई डुबायौ ।
सोझा सिधा जनतालाई धेरै रुवायौ ।।
कोहि चढ्छन् पजेरोमा देशलाई डुबाएर ।
कोहिको भने सधैॅ हासो जनता रुवाएर ।।
कुर्सी मात्र सबै थोक भन्छ हाम्रो सरकार ।
भाषण गर्छन् अधिकारको खोइ त कहाॅ छ ?
मानव अधिकार ।।
0 comment