काठमाडौं - समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । मोर्चाको मंगलबार बसेको बैठकले  राजतन्त्रका पक्षमा भइरहेका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै सशक्त प्रतिवाद गर्न अपिल गरेको छ ।

प्रतिवाद गर्नका लागि चैत १ गते देशका विभिन्न दल, नागरिक समाज, वुद्धिजिवी र पत्रकारहरूसँग आवश्यक छलफल अघि बढाउने निर्णय भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बैठकपछि सञ्चारकर्मीलाई बताए ।

पछिल्ला दिनमा भइरहेका गतिविधिबारे बैठकमा छलफल हुनुका साथै नेपाली जनताले तिरस्कार गरिसकेको राजतन्त्रलाई पुनः ल्याउनेगरी भएका हर्कत स्वीकार्य नहुने नेताहरुले बताए । राजावादीहरूको प्रदर्शनले आफूहरू कत्तिपनि नडराएको नेताहरुले बताएका छन् । यही फागुन २५ गते भएको राजावादीहरुको बृहत प्रदर्शनले नेपालको राजनीतिक तरङ्गित बनेको छ ।