काठमाडौं - नेकपा माओवादी केन्द्रले राजावादी सक्रिय हुनुमा सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।ध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सरकारका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।

अध्यक्ष प्रचण्डले पनि नेपाली कांग्रेस र नेकपा एमाले दुई दल मिलेर कुशासन गरेका कारण राजा र राजावादीहरू सक्रिय भएको आरोप लगाए।

बठकले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको प्रवक्ता अग्नि सापकोटाले  बताए । संविधान रक्षा, गणतन्त्रको सबलीकरणका लागि अग्रगामी शक्ति एक हुनुपर्नेमा माओवादीले जोड दिएको छ ।

स्थगित हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्दै यसले उत्साह थपेको पनि बैठकले निष्कर्ष निकालेको छ । राजतन्त्रको पक्षमा माहोल बन्दै गर्दा प्रमुख दलका नेताहरुले भने त्यसलाई हल्का रुपमा लिँदै पूर्वराजालाई नहौसिन चेतावनी दिएका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताउँदै आएका छन् ।