काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।  

शीतल निवासमा शनिबार भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम,मुलुकको समसामयिक परिस्थिति लगायकाबारे कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

साथै,संघीयता कार्यान्वयनका चुनौती, संविधानको प्रभावकारी कार्यान्वयन, आर्थिक अवस्था लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ। पछिल्लो समय देखिएका राजनीतिक असन्तुष्टि तथा सरकारप्रति विभिन्न क्षेत्रबाट उठिरहेको आलोचनाकाबीच भएको यो भेटलाई चासोका साथ हेरिएको छ।  यद्यपि उनीहरुबीचको यो भेटलाई नियमित भेटघाट भनिएको छ ।