काठमाडौं - दूरसञ्चार क्षेत्रको अग्रणी संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ ।
आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंकले नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो ।
१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्तार कम्तिमा ५० लाख नागरिकको संख्यामा सेवा पुगेकामा ग्राहकको योगदान रहेको वर्ल्डलिंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौं । यस अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तिमा १० सेवाग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौं ।’
मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सबै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार कम्तिमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु सफल उदाहरण भएको वर्ल्डलिंकले दाबी गरेको छ ।
इन्टरनेट सेवालाई दूरदराज र ग्रामीण भेगमा थप विस्तारका लागि र आमनेपालीको पहुँचमा पुर्याउन पनि वर्ल्डलिंकले प्रतिबद्धता जनाएको छ । फागुनको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।


0 comment