काठमाडौं - आम सर्वसाधारणका लागि सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन भइसकेकाले सर्वसाधारणका लागि आजदेखि खुलेको हो ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका तथा म्युचुअल फन्डलाई निष्कासन गरेपछि बाँकी रहेको ८२ लाख कित्ता सेयर आम सर्वसाधारणलाई आजदेखि खुलेको हो । यसर्थ यो कम्पनीको सेयर ८ लाख २० हजारलाई १० कित्ताका दरले बाँड्न पुग्नेछ ।
सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । माघ ४ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।


0 comment