काठमाडौं - प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।

मंगलबार बसेको  बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका शर्मा यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि रिक्त पदमा शर्मालाई नियुक्त गरिएको हो । बैंकर शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे, एनएमबी बैंकलगायतमा काम गरेको अनुभव छ ।