आखाँले सबै कुरा बताउँछ, यो कुरा भनाईमा मात्र सिमित छैन यो वास्तविक पनि हो । तपाई कसैको आखाँको रगं हेरेर उनको स्वभावको बारेमा बताउन सक्नुहुन्छ । कुनै पनि मानिसको आखाँले उसको बारेमा सबै कुरा बताउँछ । कुनै पनि मानिसको आखाँमा हेरेर तपाईले उक्त व्यक्तिको विचाधारा कस्तो हो भन्ने बारेमा थाहा पाउन सक्नु हुन्छ । अर्थात कुनै मानिसहरुको उदासनियता ,प्रेम अपनत्व, द्धेष,आदि भावनाहरुको बारेमा उसको आखाँको रगं हेरेर अन्दाज लगाउन सकिन्छ । हामी तपाईलाई मानिसहरुको आखाँको रगंबाट मानिसको व्यक्तित्व बारे जानकारी लिऔँ ।

खैरो आखाँ
अन्य रगंको तुलनामा सबैभन्दा सामान्य रुपमा पाइने रङ हो यो खैरो रङ भएका मानिसहरुको स्वभाव निकै राम्रा हुन्छ भने उनीहरुको स्वभाव स्नेही हुने गर्दछन् । यस्ता मानिसहरु आकर्षित गर्ने किसिमका र घरभन्दा बाहिर रमाउने हुन्छन् । यी व्यक्तिहरु आफूले जे चाहन्छन् त्यो कुरा पाएरै छाड्छन् त्यो कुरा पाएै छाड्छन् अर्थात उनीहरु दृढ निश्चयी हुन्छन् । यस्ता व्यक्तिहरु पैसाको पछाडि लाग्दैनन् र साथीहरु बनाउनु पर्ने कुरामा विश्वास राख्दछन् ।

खरानी रगंको आखाँ
यस प्रकारको मानिस शान्त, बुद्धिमान र संगठित व्यक्तित्वका हुने गर्दछन् । उनीहरु आफैँमा हराउने किसिमका हुन्छन् तर निकै बफादार हुन्छन् । सादा विचार धाराका यी व्यक्तिहरु भित्रैबाट बलियो र तर्कसंगत विचार भएका हुन्छन् भने कुशल नेतृत्व गर्ने क्षमता राख्दछन् ।

कालो आखाँ
कालो आखाँ भएका मानिसहरु भेट्न कठिन हुन्छ । यस्ता मानिसहरु रहस्य राख्ने किसिमका र भावुक हुने गर्दछन् । यी मानिसहरुले अरुलाई झट् विश्वास गर्दैनन् । तर साथीहरुका लागी आफनो ज्यान नै दिन तयार हुन्छन् त निकै आशावादी हुने गर्दछन् । यस्ता मानिसहरु सबैभन्दा विश्वासिला मानिन्छन् ।

हरियो आखाँ
आखाँको रङमा सबै भन्दा रुचाइने रङ हो यो । यस्ता मानिसहरु बुद्धिमान र स्वचालित हुन्छन् । सम्बन्धको विषयमा उनीहरु निकै भावुक हुने गर्दछन् । साथीहरु माझ उनीहरुलाई हाँस्न र बोल्न मनपर्छ उनीहरुको सेन्स अफ ह्युमर निकै राम्रो हुन्छ । उनीहरु आफनो जीवन निकै निष्फिक्री रुपमा व्यक्तित्व गर्न चाहन्छन् तर उनीहरु थोरै ईष्यालु स्वभावका हुन्छन् ।

निलो आखाँ
सन्देह संसारभरी अत्याधिक रुचाइने आखाँको रङ निलो हो । निलो आखाँ भएका मानिसहरु सुन्दर ,दयालु ,र स्मार्ट हुन्छन् । मानिसहरुलाई आवश्यक परेको बेला सहयोग गर्न उनीहरु सधै तत्पर हुने गर्दछन् । उनीहरु आकर्षक र फेन्डली नभएपनि मानिसहरु उनीहरुलाई निकै रुचाउँछन् ।

हल्का खैरो आखाँ
आखाँको नानी हल्का खैरो भएका मानिसहरु रहस्यमय र स्वतन्त्र विचार धाराका हुन्छ्न ूछन् । यस्ता मानिसहरु शिष्ट ,दयालु,मृदुभाष्ी आन्दित र अनेक चरित्र विशेषता भएका हुन्छन् । उनीहरु आफैँलाई निकै हराइरहेका हुन्छन् यस्ता मानिसहरु सगै बस्नु निकै कष्टकर हुने गर्दछ ।

आखाँ भेदभाव गर्दैन
कुनै पनि व्यक्तिको आखाँमा नियालेर हेरेको खण्डमा तपाईले उक्त व्यक्तिको इमोसन मुड थाहा पाउन सक्नु हुन्छ । हाम्रो रिस, प्रेम ,उदासिनता र घृणा जस्ता भावहरु आखाँबाट पत्ता लाग्छ । आखाँले नै विपरित मानिसहरुलाई एक अर्का प्रति आकर्षित गराएँछ । आखाँले नै हामीलाई भीडकाट अलग गराउँछ । तपाई जुनसुकै देशबाट भए पनि तपाईका आखाँ जुनसुकै रगंको होस् यसको विशेषता समान हुनेछ ।