काठमाडौं - चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ । लङ मार्च–२सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड–२सी) पी पनि भनिन्छ । जसले दुईवटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्‍याएको छ ।

दिउँसो ३:०८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट  सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ–१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो ।यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो ।