काठमाडौं - अघिल्लो दिन ३.३५ अंकले बढेको नेप्से आज पनि ७.१३ अंकले बढेर २७ सय ६५.८८ अंकमा पुगेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.८१ अंकले बढेर ४६०.०६ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३१२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार ७ सय ३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ रुपैयाँमा खरिद-बिक्री भए ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ७ समूहको सूचक बढेर बाँकीको घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ०.३५ अंकले बढेर १३ सय ८५.३४ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक पनि १११.३६ अंकले बढेर १३ हजार ८४४.३४ अंकमा पुगेको छ ।

अन्य समूहको सूचक पनि ६९.११ अंकले बढेर २४ सय ५०.०५ अंकमा पुगेकामा होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ३.३६, ०.८७, १३.१५ र ०.०१ अंकले बढेका छन् ।

विकास बैंक समूहको सूचक भने ७.२३ अंकले घटेर ५ हजार ६ सय ४४.२४ अंकमा झरेकामा फाइनान्स समूहको सूचक पनि २०.१२ अंकले घटेर २७ सय ९४.४० अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि ०.०६ अंकले घटेर ३ हजार ७ सय ५१.१३ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ३६.४४ अंकले घटेर १२ हजार ८ सय ६३.४५ अंकमा झरेको छ ।

यसबाहेक लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमशः ८.३२ र १०९.२९ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा विन लघुवित्त वित्तीय संस्था परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन री- इन्स्योरेन्स कम्पनी परेको छ ।