काठमाडौं - सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार पत्रकार सम्मेलन गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’को तेस्रो चरणअन्तर्गत करिब २० अर्ब (१५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने
निर्णय गरेको छ ।
यस्तै, बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्ति गर्ने, ,झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गा दर्तासम्बन्धी (पहिलो संशोधन आदेश २०८१ स्वीकृत गर्ने र मनसुनजन्य विपद्द्मा परि वेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत् मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एक जना बढुवा गर्ने साथै एकजना महासेनानी, २ जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्नेलगायत विभिन्न १५ निर्णय गरेको छ।


0 comment