काठमाडौं - राष्ट्रीय मातृभुमी पार्टीले आफ्नो प्रथम स्थापना दिवसको दिन पारेर भ्रष्टाचार बिरुद्धको अभियान अन्तर्गत मातृभुमी जागरण तथा झाडु कुचो कार्यक्रम घोषणा गरेको छ।
यहि फागुन १० गते देखि २५ गते सम्म राजधानी लगायत देशको विभिन्न जिल्लामा पुगि झाडु कुचो कार्यक्रम गर्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
देशमा मौलाएको भ्रष्टाचार बिरुद्ध साकेतिक बिरोध स्वरुप झाडु कुचो कार्यक्रम मार्फत भ्रष्टाचारीहरुलाइ खबरदारी गर्ने जानकारी कार्यक्रमम दिइएको थियो।
देशमा मौलाउदै गएको हुदा भ्रष्टाचार बिरुद्ध राष्ट्रीय मातृभुमी पार्टी हदै सम्म लाग्ने र त्यसमा सम्पुर्ण देश प्रेमी युवाहरुलाइ साथ दिन राष्ट्रीय मातृभुमी पार्टीका अध्यक्ष रामशरण पाण्डेले अनुरोध गर्नु भयो।यहाँ स्थानिय तहको सरकारमा सबै भन्द बढी भ्रष्टाचार हुने गरेको पाइएको अब जनताले स्थानिय सरकार माथी निगरानी बढाउन आवश्यक भएको पनि बताउनु भयो।
घोषणा गरेको कार्यक्रम अन्तर्गत यहि फागुन २१ गते राष्ट्रीय उध्योगहरु सन्चालनको लागि दबाब दिनुका साथै प्रधानमन्त्रीलाइ गोरखकाली रबर उध्योगको स्थलगत प्रतिबेदन हस्तान्तरण लगायत मुलुकको सिमा सुरक्षा, शान्ती सुरक्षाको लागि इपिजिलाइ तार्किक निष्कर्ष पुर्याउने सम्बन्धमा ज्ञापनपत्र बुझाउने बुझाउने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले जानकारी दिनु भयो।
कार्यक्रममा बोल्ने वक्त्ताहरुले देशमा ठगी बढ्नुमा स्वम सरकार नै दोषि रहेको बताएका छन भने भारतमा घटेको प्रकृति लम्साल घटनामा न्यायको लागि सरकारले पहल नगरेको भन्दै सरकारको घोर भत्सर्ना समेत गरेका थिए।


0 comment