काठमाडौं - नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक-२०८१ राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।

बसेको राष्ट्रिय सभाको आइतबारको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक-२०८१ लाई सर्वसहमतिले पारित गरेको हो ।

बैठकमा सरकारका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि सांसदहरुले छलफल गरे ।

सांसदहरुको छलफलपछि विधेयकलाई ऊर्जामन्त्री खड्काले पारित गर्न प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई राष्ट्रिय सभाको बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।