काठमाडौं - प्रनिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ। 

अन्तिममा प्रश्न गरेका सांसद प्रभु साहको प्रश्नमा भने प्रधानमन्त्री केपी ओली रिसाए । वैदेशिक रोजगारमा जानेहरुको विषयलाई उठान गरेका साहको जवाफमा  प्रधानमन्त्रीले भने, ‘म म्यानपावर कम्पनीको मान्छे हो र ?’

वैदेशिक रोजगारमा जाने क्रम आफ्नो सरकारको पालामा आएर मात्र नभई पहिले देखिनै भएको ओलीको भनाइ थियो । 
‘म सरकारमा आएपछि आठ महिनाबाट सुरु भएको हो ? तपाईंले भनेको ७० लाख आठ महिनामा गएका हुन् ?,’ प्रधानामन्त्रीले भने । प्रधानमन्त्रीको जवाफ चित्त नबुझेपछि सांसद साह उठेर प्रशन गर्न थालेपछि सभामुखले रोके । ।

 त्यसपछि प्रधानमन्त्री ओलीले माननीय ज्यू ले राख्नु भएको प्रश्नको जवाफ खासै दिइरहन जरुरी छैन ।आफैँ उत्तर बोकेर आउनु भएको छ, प्रश्नमा मैले धेरै उत्तर दिइरहन परेन भन्दै जवाफ नै नदिइ हिँडे ।