काठमाडौं - प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध जनाएका छन् ।
सभाको आकस्मिक समयमा नाम टिपाए पनि नाम बोलाउन बिर्सिएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शून्य समय सकिएपछि उठेर आफ्ना धारणा राखेका थिए । बैठकमा शून्य समयको कारबाही सकिएपछि विशेष समयमा बोल्न नाम बोलाइसकेपछि सांसद खतिवडाले धारणा राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उठेर विरोध जनाए ।
लगत्तै माओवादी केन्द्रका सांसदहरुले पनि उठेर विरोध जनाए । शून्य समय सकिएपछि विशेष समयमा बोल्न कांग्रेसका सांसद रामकृष्ण यादवको नाम सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानाले बोलाइन् । तर तर आकस्मिक समयमा नाम बोलाउन छुटेको भन्दै खतिवडालाई दुई मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइन् ।
सांसद खतिवडाले नेपाल प्रहरीलाई दुरुपयोग गरेको समाचार सुन्नमा आएको भन्दै यसअघिका गृहमन्त्रीले एक नम्बरको लाई बढुवा नगरी १५ नम्बरमा रहेका प्रहरी अधिकारीलाई बढुवा गरेको, प्रहरी महानिरीक्षकलाई समितिमा बोलाएर निर्दोष छ भन्नका लागि कानेखुसी गरेको बताए ।
५२ दिन नपर्खीकन कसको पालामा सरुवा गरिएको थियो यसअघि प्रहरी अधिकारीहरु भन्दै जवाफ माग गरेका थिए । बहस गर्ने वकिलमाथि कुटपिट गरी सडकमा घिसार्ने काम कसको पालमा सुरु भएको हो भन्दै सांसद खतिवडालदे प्रश्न गरे ।
त्यसको विरोधमा प्रतिपक्ष दल माओवादी र रास्वपा सांसदहरुले उठेर विरोध जनाइरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरे ।


0 comment