काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित दलको कार्यालयमा आज (मंगलबार) बसेको पार्टी संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिए।  

जसपाले अध्यादेशबारे अध्ययन गर्न  बनाएको कार्यदलको प्रतिवेदनकै आधारमा अध्यादेश स्वीकार्न नगर्ने निर्णय लिएको हो। राजकिशोर यादवको संयोजकत्वको अध्ययन कार्यदलले  प्रतिवेदनमै भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नहुने निष्कर्षसहितको राय दिइएको थियो ।

जसपाको यो निर्णयले भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट पास हुन मुस्किल हुने देखिन्छ । जसपाले यो अध्यादेशप्रति सुरु देखिनै असहमति जनाउँदै आएको थियो ।भूमिहिनहरु झन समस्यामा पर्ने सो पार्टीको ठहर छ ।