नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले संसदमा दर्ता गरेका विभिन्न अध्यादेशहरू पास नहुने दाबी गरेका छन्।
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशद्वारा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा संसद छलेर ल्याइएका अध्यादेशहरू कुनै हालतमा पास नहुने बताए ।
उनले ती अध्यादेशहरू आफ्नो पार्टीका लागि अस्वीकार्य रहेको भन्दै बहुमत नपाउने बताए ।जनता समाजवादी पार्टीसँग पनि छलफल भएको र उसले पनि अध्यादेशको विरोध दाहालको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई दुई तिहाइको अहंकार नपाल्न सचेत गराए ।विकास बजेट घटाउने कदमको बारेमा पनि प्रचण्डले विरोध जनाए । उनले भने, ‘यदि सरकार विकास बजेट घटाउँछ भने, प्रतिपक्षको हैसियतले माओवादी केन्द्र त्यसको सशक्त विरोध गर्नेछ।’
अध्यक्ष प्रचण्डले पार्टी सरकार ढाल्ने र नयाँ सरकार बनाउने प्रयासमा नभएको पनि स्पष्ट पारे। वर्तमान कांग्रेस र एमालेको गठबन्धनलाई २०८४ पछि पनि जाने शुभकामना दिँदै माओवादी केन्द्र प्रतिपक्षको भूमिकामा रहिरहने बताए ।
वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको , भ्रष्टाचार र विभेदलाई प्रोत्साहन गर्दै आएको समेत उनले बताए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई झेलीको संज्ञा दिँदै एमाले कांग्रेसको तुलनामा केही बढी लोकतान्त्रिक भएको दाबी गरे ।
अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनावमा उत्रने जानकारी पनि दिए। साथै, उनले नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीसँग पार्टी एकीकरणको बारेमा पनि छलफल भइरहेको जानकारी दिएका छन्। अध्यक्ष प्रचण्डले सरकारको काममा असन्तुष्टि जनाए ।


0 comment