काठमाडौं - प्रधानमन्त्री केपी ओलीले संविधान खारेज गर्ने लक्ष्य राखेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आरोप लगाएका छन् ।
जनकपुरमा सोमबार पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्री ओलीले संविधान र परिवर्तनलाई खारेज गर्न चाहेका छन्, उनले यसअघि संसद् विघटन गर्नुको कारण पनि यही रहेको जिकिर गरे ।’
अध्यक्ष दाहालले जनता समाजवादी पार्टी (जसपा) नेपालका सदस्यहरूलाई मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी गरे । ‘जसपा नेपालले विधि-प्रक्रियासँग सम्बन्धित अडान राखेको छ,’ उनले भने, ‘जसले गर्दा राष्ट्रिय सभाबाट अध्यादेश पारित हुने छैन ।’
सरकारको भूमिसम्बन्धी अध्यादेशलाई गलत उद्देश्यले ल्याइएको उनको टिप्पणी थियो । दाहालले मधेसी जनताको मागलाई ध्यानमा राख्दै, आफूले दुईपटक संविधान संशोधनको प्रस्ताव ल्याए पनि प्रधानमन्त्री ओलीले ती प्रस्तावलाई रोक्ने कार्य गरेका बताए ।


0 comment