काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काभ्रेका विभिन्न स्थानबाट नेपाली कांग्रेस, नेकपा एमाले परित्याग गरेका नेता-कार्यकर्तालाई स्वागत गरेका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेले धुलिखेलमा गरेको राजनीतिक वैचारिक प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको उनको सचिवालयले जनाएको छ ।
तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना र रोशी गाउँपालिकाबाट जोवान लामासहित विभिन्न व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरु कांग्रेस, एमालेलगायत दलहरु परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
प्रशिक्षणमा अध्यक्ष दाहाल, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य सूर्यमान दोङलगायत नेताहरुको सहभागिता छ ।


0 comment