काठमाडौं- नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । 

बानेश्वर स्थित लोत्से हलमा सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने छ ।

यसअघि माघ १८ गते बसेको बैठकमा पार्टीका मन्त्री र पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बसेको हो ।