काठमाडौं- मधेशकेन्द्रित आठ दलले मोर्चा बनाएका  छन् ।  आफूहरूको मोर्चा सरकारविरुद्ध नभएको ती दलका नेताले बताएका छन् ।  

आठ दलीय कार्यदलको सोमबारको बैठकपछि सञ्चारकर्मीसँग कुराकानीमा नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने भनेर कार्यदल बनाइएको बताए । मधेशकेन्द्रित ८ दलीय मोर्चामा समान मुद्दा भएका राजनीतिक दलहरु आबद्ध छन् ।

साथै, अध्यादेश, मधेश मुद्दा लगायतका विषयमा एउटै धारणा बनाएर सरकारलाई दबाब दिने उनीहरुको रणनीति छ ।