काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकै निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । 

पार्टीले  पोखरामा सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले त्यसका लागि पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोडदिए। ।

कांग्रेसकै कतिपय नेताले मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गरिरहँदा देउवाले त्यसबारेमा आफ्नो धारणा प्रष्टयाएका हुन् ।

उनले भने,‘यो संविधानअनुसार बहुमत प्राप्त गर्न सहज छैन । मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ।’ नेताले सुम्पिएको जिम्मेवारी अहिलेको नेतृत्वको काधमा आएको भन्दै देउवाले त्यो जिम्मेवारी पूरा गर्नका लागि पनि पार्टीभित्र एकता जरुरी रहेको बताए ।