काठमाडौं - भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्रान्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को नेपाली बजारमा बुकिङ खुला गरेको छ ।
टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेसँगै बिक्रीका लागि बुकिङ खुला गरेको हो । कम्पनीका अनुसार, नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयूभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधाहरुले सम्पन्न छ ।
नेक्सन केथ्री-ईभीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ । साथै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सबीचको सहकार्यमा पहिलो पटक विद्युतीय गाडी नेक्सन इभी प्राइम २०२१ मा नेपालमा बिक्री/वितरण सुरु गरिएको थियो । यसलाई नेपाली ग्राहकले अत्याधिक मनपराइ दिनुभयो । ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसात् गर्दै हामीले नेपालको ईभी इको सिस्टममा लगानी गर्यौं ।’
0 comment