काठमाडौं — संसद हिउदे अधिवेसनको पहिलो बैठकमा विपक्षी दलका नेता पुष्प कमल दाहाल प्रचण्डले सम्बोधन गरेनन । तर संसदको अधिवेशन सुरु भएको दिन संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्ने अभ्यास भए तापनि विपक्षी दलका नेताले त्यो अभ्यास तोडेका छन
रास्वपाका सांसदहरुले बैठक १५ मिनेटका लागि बहिष्कार गरे पनि सभामुखले बैठक सञ्चालन गरेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोल्ने समय दिए । उनले बोलिसकेपछि संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरे ।देउवाले बोलेपछि तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने अनुमान थियो । तर सभामुख घिमिरेले दलगत रुपमा बोल्न समय निर्धारण गरिएको भन्दै एमाले सांसद योगेश भट्टराईलाई सम्बोधन गर्न समय दिए । भट्टराई बोलिसकेपछि माओवादी केन्द्रको तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधन गरेका छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार ‘आज सत्ता पक्षलाई मात्र बोल्ने भनेर अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएन ।’ प्रचण्डले अर्को बैठक (माघ २४ गते) को बैठकमा सम्बोधन गर्ने छन् स्वकीय सचिव रमेशको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न रोष्टममा जानेक्रमा प्रचण्डलाई मुस्कुराउदै केही पेपर दिएका थिए । उक्त पेपर प्रधानमन्त्रीको सम्बोधनको हार्डकपी जस्तो थियो । त्यसबाट पनि आकलन गर्न सकिन्थ्यो की प्रचण्डले संसदमा सम्बोधन गर्ने छैनन । प्रचण्डले संसदमा सत्तापक्षलाई धक्का लाग्नेगरी सम्बोधन गर्छन भन्ने धेरैको अनुमान थियो तर त्यस्तो भएन ।


0 comment