काठमाडौं - नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा वर्तमान सरकार नरहेको प्रष्ट पारेका छन्।
प्रेस चौतारी नेपालको छैटौं जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । एमाले नेतृत्वको सरकारले कदापि प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचनमा नराख्ने भन्दै संविधानमै मौलिक अधिकारको व्यवस्था गरेको स्मरण गराए ।
‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, मान्छेको बोल्न र अभिव्यक्त गर्ने पाउने विचारलाई संकुचन गर्ने कुरा सोच्न पनि सकिँदैन उनले भने, ‘हामी तीस वर्ष लामो पञ्चायती तानशाही झेलेर आएका हौं। हाम्रो नेताहरू जेलको गोलघरभित्र बसेर आउनु भएकाहरु हुनुहुन्छ। स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ।’


0 comment