काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को हिउँदे अधिवेशनको सुरुमा नै आफ्ना संसदीय दलका नेता रवि लामिछाने निलम्बनको विरोध गर्ने भएको छ।
संसदीय दलको बुधबार बसेको बैठकपछि पत्रकारसँग प्रमुख सचेतक सन्तोष परियारले सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरीत आफ्नो पार्टी संसदीय दलका नेता लामिछानेलाई सम्पत्ति शुद्धीकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको आरोप लगाए।
लामिछानेविरुद्ध सहकारी ठगी तथा सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वन भएपछि रास्वपाले संस्थागत रुपमै विरोध गर्न लागेको हो ।रास्वपाले संसदमा सहकारी र अर्थतन्त्र, असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदालाई अघि सारेर विरोध गर्ने भएको छ।
रास्वपाले सरकारले ल्याएका अध्यादेशका विरुद्ध उभिने निर्णय पनि गरेको छ। उसले अध्यादेश पेश नगर्न विरोधको सूचना पनि संसदमा दर्ता गर्ने भएको छ।केहीदिन अघिमात्रै सरकारले ६ वटा अध्यादेश ल्याएको छ।दलका नेता लामिछाने निलम्बनमा परेपछि रास्वपा संसदीय दलको बैठक उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको थियो ।


0 comment