काठमाडौं - समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा विरोधसभा गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।
नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
त्यस्तै मोर्चाले चैतको पहिलो हप्तामा मधेशमा जनसभा आयोजना गर्ने भएको छ । सरकारविरुद्ध सशक्त ढगले प्रस्तुत हुन विपक्षी दलहरुको मोर्चा बनेको हो ।
मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् । यसअघि मोर्चामा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने पछिल्लो समय मोर्चाबाट अलग बसेको छ ।

.jpg)
0 comment