काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस-एमाले गठबन्धनको सरकार २०८४ सम्मै चल्ने बताएका छन्।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा रहेको एमाले संसदीय दलको बैठकमा मंगलबार बोल्दै उनले दिनदिनै सरकार ढल्छ भनेर हल्ला चलाएर समय बर्वाद नगर्न आग्रह गरेका छन्। नामै नलिए पनि उनको अभिव्यक्ति विपक्षी दलका नेताहरुप्रति लक्षित थियो ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओली सरकार धेरै दिन नटिक्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका छन् ।ओलीले २०८४ को मंसिरको चुनावताका मात्रै सरकार बदलिने बताए ।
मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने र बिधेयकहरूलाई पनि एकमतसहित पारित गराउनका लागि छलफल भएको छ।माघ १८ गते देखि सुरु हने हिउँदे अधिवेसनको तयारीका लागि यो बैठक बसेको हो ।


0 comment