काठमाडौं - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने इच्छा देखाएकी छन् । तर, उनले आफू पार्टीको राजनीतिमा सक्रिय हुने समय आइनसकेको बताइन्।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिप्रति आफ्नो गहिरो अभिरुचि रहेको पनि स्पष्ट पारिन्। आफ्नो राजनीतिक सक्रियताबारे यदाकदा छलफल हुने गरेपनि आफू त्यो चरणमा प्रवेश नगरिसकेको भन्दै उनले नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने संकेत गरिन्।
एमालेमा ओलीपछिको नेतृत्व सम्हाल्ने गरी भण्डारी पुनः एमालेमा फर्कन लागेको भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहँदा त्यसबारेमा प्रष्ट पारेकी हुन् । राष्ट्रपतिमा चुनिनुअघि भण्डारी एमालेमा उपाध्यक्ष थिइन् । कार्यकाल सकिने वित्तिकै उनको राजनीतिक जीवनको बारेमा चासो र चर्चा हुन थालेको थियो ।


0 comment