काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले शनिबार पाटनमा आयोजना गरेको तेस्रो जिल्ला सम्मेलनमा श्रेष्ठले पार्टीको रुपान्तरण अनिवार्य शर्त भएको जनाउँदै आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोडदिए ।
समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु भएको जनाउँदै उनले परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट पारे । ‘विदेशी भूमिका श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौँ भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन,श्रेष्ठले भने, ‘अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ ।’


0 comment