काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)  ले माओवादीले आफूलाई पखाल्नैपर्ने अवस्था आएको बताएका छन्।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले माओवादीलाई धूलोमैलो लागेको र त्यो अब पखाल्नैपर्ने बताएका हुन् ।

 जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्दै दाहालले धूलोमैलो नपखाली जनताको बिश्वास जित्न नसकिने बताए ।

२०८४ को चुनावमा पनि विगतको माओवादीलाई नभई सुध्रिएको माओवादीलाई भोट मागेको उनले बताए । जनताले धेरै अपेक्षा गरेको र त्यत्रो बलिदानीबाट आएको पार्टीमा हालसम्म केही न केही धूलोमैलो र दाग लागेको उनले स्विकार गरे ।