काठमाडौं - नयाँ नेतृत्व चयनका लागि नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन अन्तर्गत आज निर्वाचन हुँदैछ ।
निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सात भौगोलिक सहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने छ।
अध्यक्षका लागि पाँचजनाले दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ।
अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय, १६२ केन्द्रीय सदस्य चयन हुनेछन् ।
नयाँ नेतृत्व चयनका लागि देशभरबाट साढे २४ सय प्रतिनिधिले मतदान गर्ने क्रान्तिकारीले जनाएको छ ।


0 comment