काठमाडौं - नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भेलाको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम छ ।

भेलाले वर्तमान समयमा युवा पुस्तालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरू खोजी गर्नेछ ।

भेलामा एक हजार ७ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने युवा सङ्घले जनाएको छ ।