काठमाडौं - नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै  सरकारले त्यसलाई सच्याउनु पर्ने जनाएका छन् । 

राजधानीमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका  गिरीले नेपालको संविधानले नै  एनआरएन नागरिकता सुनिस्चित गरि सकेपछि एनआरएनहरुलाई  आफ्नै  मातृभूमि आउँदा भिसा लगाउनु पर्ने  प्रावधान संविधानको मर्म विपरीत रहेको बताए । उनले त्यस्तो प्रावधान संशोधन गर्नु पर्ने पनि जनाए । 

पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए । उनले सबै सहकारी पीडितहरुले आफुले बचत गरेको रकम फिर्ता पाउनु भन्दै जुनसुकै पार्टीको भए पनि संलग्नलाई कारबाही गर्नुपर्ने बताए ।