काठमाडौं - कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाका अनुसार कृषि सङ्कायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनरी सङ्कायमा प्रा. डा. भूमिनन्द देवकोटा र वन सङ्कायमा प्रा. वासुदेव पोखरेल नियुक्त भएका हुन् ।
परिषद्ले प्रा. डा. निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।
0 comment