काठमाडौं - संसदको सार्वजनिक लेखा समितिले सिमेन्टमा गरिएको अस्वाभाविक मूल्य घटाउन सरकारलाई निर्देशन दिएको छ।
समितिले बुधबार सरकार र सम्बन्धित निकायका व्यक्तिलाई बोलाएर असारदेखि यता गरिएको मूल्य घटाउन निर्देशन दिएको हो ।
मूल्य वृद्धि तथ्यमा आधारित हुनु पर्ने भन्दै समितिले अस्वभाविक देखिएको मूल्य वृद्धि तत्काल नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो । सिमेन्ट गरिएको अस्वाभाविक मूल्यवृद्धिले निर्माण क्षेत्र नै प्रभावित भइरहेको छ।
त्यस्तै निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले अस्वाभाविक मूल्य बढ्दा निर्माण क्षेत्र नै प्रभावित भएको गुनासो गरेका थिए। भारतमा भन्दा नेपालमा सिमेन्टको मूल्य बढी छ। सिंहले सरकार आफैँ पनि कालोबजारीमा लागेको आरोप लगाए ।उद्योगीहरुले गत असार यता मिसेन्टको मूल्यमा ५० देखि ६० प्रतिशतसम्म बढाएका छन्।
बैठकमा सिमेन्ट उत्पादक संघका सभापति ध्रुव थापाले साउन भदौमा घटेको मूल्य मात्रै समायोजन गरिएको दाबी गरे। त्यस्तै सिमेन्ट उद्योगी विष्णु न्यौपानेले गत वर्षको तुलनामा लोडसेडिङ बढेका कारण मूल्य बढाउनु परेको बताए।
समितिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वाणिज्य विभाका प्रमुख, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँग छलफल गरेको थियो।


0 comment