काठमाडौं - गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको बताएका छन् ।

सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले त्यसबारेमा बताएका हुन् ।सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको भन्दै सशस्त्र प्रहरीको विधेयकलाई केही दिनमै संघीय संसद्मा दर्ता गर्ने तयारी समेत बताए बताए ।

आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको दिइँदै आएको उल्लेख गर्दै उनले भने,‘आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ।’