काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

नपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले अध्यादेशबाट मुलुक चलाउनुलाई निरंकुशताको एक चरण भएको टिप्पणी गरे ।

‘माघ १८ गते संसद बोलाउनु थियो त त्यहीबेला अध्यादेश ल्याएको भए हुन्थ्यो नि किन एक साता अघि हतार हतार गरेर अध्यादेश ल्याउनु पर्‍यो,उनले भने।’ अहिले विषयबस्तु अनुसार ल्याइएका केही अध्यादेश राम्रा भएको बताए ।

उनले दुई दलीय गठबन्धन सरकार अहिले नै ढल्ने विषयमा सत्यता नभएको बताउँदै नेता कोइरालाले सात बुँदे सम्झौता अनुरुप गठबन्धन सरकारले काम गर्नुपर्नेमा जोड दिए । ६ महिनाको अवधिमा सरकारले जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न नसकेको बताए ।

उनले दुई दलबीचको छलफलले मात्र संधिवान संशोधन हुँदैन संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोडदिए।नेता कोइरालाले पार्टीको १५ औं महाधिवेशन समयभित्र हुनुपर्नेमा जोड दिए । महाधिवेशन निर्धारित समयमा नभए पार्टी कमजोर हुने दाबी गरे।